तपाईँ सुन्दै हुनुहुन्छः

होली पर्वमा उच्छृङ्खल गतिविधि नगर्न आग्रह

सप्तरी । सप्तरीमा होली पर्वलाई लक्षित गरेर ५ सय २३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुरा जानकारी गराएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जबर्जस्ती रङ्ग दल्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरि होहल्ला गर्ने तथा ट्राफिक नियमको उल्लङ्घन गरि सवारी चलाउनेलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभयो । 

एसपी खतिवडाले मोटरसाइकलमा २ जना भन्दा बढी चढ्न नदिने तथा मादक पदार्थ र नशालु पदार्थ सेवन गरेकालाई सवारी चलाउन नदिने बताउनुभयो ।

होली पर्वका दिन कुनै पनि घटना भएमा त्यसको तत्काल रिस्पोन्स गरि सशङ्कित व्यक्तिहरूलाई नियन्त्रणमा लिने र घाइतेलाई उद्धार गरि अस्पताल पुर्‍याउने प्रहरीको सुरक्षा योजनामा उल्लेख छ ।

एसपी खतिवडाले कुनै पनि किसिमको निषेधित र उच्छृङ्खल गतिविधि नगर्न आग्रह गर्नुभयो ।

राजविराजमा भने सुरक्षा निगरानीका लागि ड्रोनको समेत प्रयोग गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button