तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी सहायक निरीक्षक यादवको मृत्यु

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक वीरेन्द्र यादवको मृत्यु भएको छ । 

सिरहा नगरपालिका–२ सुखचैना स्थायी घर भएका ४५ वर्षीय यादवको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको मधेश प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार  सहायक निरीक्षक यादवको आइतबार पेट तथा छाती दुख्न थालेपछि जनकपुरधामस्थित गोदावरी अस्पतालमा उपचारका लागि पठाइएको थियो । त्यसपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएका उहाँको उपचारको क्रममा मृत्यु भएको  हो । 

यादवको दरबन्दी नेपाल प्रहरीको मधेश प्रदेश प्रहरी गणमा रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button