तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्नुहुने

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैहुनुहुन्छ। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ।

यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसक्नुभएका ओलीको कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। तर, माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको भन्दै बहिष्कारको चेतावनी दिएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेताहरूसँग सम्पर्क गरेर सहकार्य गर्न आग्रह गर्नुभएको छ।

यसअघि, प्रधानमन्त्री ओली बिहान १० बजे मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा पुग्नु हुनेछ। उहाँले त्यहाँ गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्सका भवनहरू उद्घाटन गर्नु हुनेछ। दिउँसो १२ बजे विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भई साढे २ बजे प्रदेशसभा बैठकमा सम्बोधन गर्नु हुने कार्यतालिका छ।

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै मोरङमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button