तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा

दुर्गा खनाल पाँचथर । पाँचथरको फिदिममा सञ्चालन भइरहेको पाँचौँ  पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार फिदिम मा.वि.को खेल मैदानमा सम्पन्न भएको तेस्रो क्वाटर फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ हिमालयन शेर्पा क्लब काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

मच्छिन्द्रका लागी स्टेफेन र जय गुरुङले समान १/१ गोल गरे । हिमालयन शेर्पाको तर्फ बाट सुजन स्याङतानले १ गोल गरे । 

खेलको म्यान अफ द म्याच मच्छिन्द्रका विशाल घलान हुँदै नगद  ७ हजार  ५ सय रुपैयाँ प्राप्त गरे ।

मङ्गलवार हुने खेलमा नेपाल पुलिस क्लब काठमाडौँ र नमो बुद्ध युथ फुटबल क्लब सप्तरीबिच प्रतिस्पर्धा हुनेछ ।

पाँचथर क्लबको आयोजनामा चैत्र २ सम्म हुने प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button