भूकम्प प्रभावितको पुनःस्थापना सरकारको प्राथमिकतामा : गृहमन्त्री लेखक

बझाङ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प राजा हुन नसक्ने बताउनुभएको छ ।
बझाङ चैनपुरमा जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालयको आज उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले अगाडी बढिसकेको समाज र राजनीतिक शासन व्यवस्था अब कदापि पछाडि फर्कन नसक्ने बताउनुभयो ।
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै हाे, राजा हुन सक्दैन”, गृहमन्त्री लेखकले भन्नुभयो, “यसै व्यवस्थालाई मजबुद बनाएर हामीले देश र जनताको भविष्य बनाउनुपर्छ ।”
गृहमन्त्री लेखकले भूकम्प प्रभावितको पुनःस्थापना सरकारको प्राथमिकतामा रहेको भन्नुहुँदै जिल्लामा भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यालय निर्माण भएकोले अब तुरुन्तै निजी आवास पुनर्निर्माणको काम अगाडि बढ्ने बताउनुभयो ।
उहाँले यसका लागि जिल्लाका सबै पालिकाले सूचीकृत लाभग्राहीहरूको घर बनाउन पाउने रकम छिटो लिई अस्थायी टहरामा बसेका परिवारहरूलाई स्थायी घरमा बस्ने वातावरण गर्न आग्रह गर्नुभयो ।
डेड वर्ष अगाडी बझाङ केन्द्रबिन्दु भई आएको भूकम्पका कारण जिल्लामा २ हजार १ सय १९ निजी घरहरू पुर्णरुपमा र ६ हजार १ सय ८३ घरहरू आंशिक रुपमा क्षति भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्