तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज मुस्लिम समाजद्वारा कारागारका मुस्लिम कैदीलाई इफ्तार सहयोग

बाँके।नेपालगञ्ज मुस्लिम समाजले रमजान महिनाको अवसरमा बाँकेको नौवस्ता र नेपालगञ्ज कारागारमा रहेका मुस्लिम समुदायका लागि इफ्तार सहयोग गरेको छ।

समाजका प्रवक्ता मेराज हल्वाईका अनुसार मुस्लिम कैदीबन्दीलाई रोजा इफ्तारका लागि खाद्यान्न, टोपी र जानमाज प्रदान गरिएको छ।

नौवस्ता कारागारका प्रमुख काशी प्रसाद पंगेनीले मुस्लिम समाजको सहयोगको प्रशंसा गर्दै यस्तो कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।

समाजका अध्यक्ष अब्दुल करिम हल्वाईले विपन्न मुस्लिम समुदायका लागि निरन्तर सहयोग गर्दै आएको बताउँदै आवश्यक परे थप सहयोग गर्न तयार रहेको बताए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button