तपाईँ सुन्दै हुनुहुन्छः

महिला गोल्डकप : नेपाल पुलिसलाई हराउँदै एपीएफ काठमाडौँ फाइनलमा

इलाम । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा नेपाल पुलिसलाई हराउँदै एपीएफ काठमाडौँ फाइनल प्रवेश गरेको  छ । 

इलामको ठुलो टुँडिखेलमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पुलिसलाई ०–१ ले गोलले पराजित गर्दै एपीएफले  फाइनलको यात्रा तय गरेको हो ।

खेलको ३६ मिनेटमा एपीएफको तर्फबाट जर्सी नम्बर १९ रस्मी कुमारी घिसिङले गोल गरिन । नेपाली राष्ट्रिय टिमका समेत खेलाडी रहेका दुवै टिम खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेको थियो ।

आजको ‘प्लेयर अफ द म्याच’ एपीएफ को खेलाडी(टिम क्याप्टेन) अनिता बस्नेत बनिन । उनले नगद ५ हजारसहित ट्रफी मेडल प्राप्त गरिन् ।

नेपाल र भारतका गरी आठ टिम सहभागी प्रतियोगिताको फाइनल खेल फागुन २४ हुनेछ । फाइनल खेलमा नेपाल आर्मीसँग एपीएफ भिड्ने छन्।

प्रतियोगिताको विजेताले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button