बागलुङका साहित्यकार प्रेम छोटालाई एक लाखको पुरस्कार

बागलुङ । कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कार बागलुङका साहित्यकार प्राज्ञ प्रेम छोटालाई प्रदान गरिएको छ ।
कालीभक्त पन्तको ३३ औँ वार्षिक स्मृतिमा कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवासमा आयोजना गरेको विशेष कार्यक्रममा पुरस्कार तथा सम्मान–पत्र प्रदान गरिएको हो ।
नेपाली लोकवार्ता, लोकगीत तथा लोक साहित्य र संस्कृतिको क्षेत्रमा खोज, अनुसन्धान, लेखन तथा प्रकाशन गर्दै अनवरत सक्रिय भई नेपाल तथा विश्वमाझ पु¥याउन गरेको योगदानका लागी बागलुङका साहित्यकार प्रेम छोटालाई एकलाख, एक हजार नगद राशि सहित कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिएको थियो ।
त्यसैगरी रेडियो कार्यक्रम प्रसारणको माध्यमबाट दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकगीत, लोकवार्ता, लोक परम्परा र लोक संस्कृतिको खोज तथा अनुसन्धानात्मक कार्यमा सक्रिय हाल रेडियो थाहा सञ्चार काठमाण्डौमा कार्यरत ओम भण्डारीलाई दश हजार नगद सहित कालीभक्त पन्त स्मृति पुरस्कार २०८१ प्रदान गरिएको छ ।
कार्यक्रममा प्रतिष्ठानले स्थानीय विद्यालयका केही जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्नुका स्थानीय ज्येष्ठ नागरिक बेणुका पौडेललाई ज्येष्ठ नागरिक सम्मान समेत प्रदान गरेको छ । कार्यक्रममा फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्