तपाईँ सुन्दै हुनुहुन्छः

डा विन्दा पाण्डेको ‘भूइँमान्छे’ विमोचन

झापा । साहित्यकार डा विन्दा पाण्डेको ‘भूइँमान्छे’ नामक कृतिको आज सुखानी सहिद स्मृति पार्कमा विमोचन भएको छ ।

लेखक डा पाण्डेले विसं २०२८ को झापा विद्रोहदेखि २०४६ सालसम्म किसान, मजदुरहरूदेखि सर्वहारा वर्गले आन्दोलन सफल पार्न गरेको सहयोगमा आधारित पुस्तक भएको बताउनुभयो । 

उहाँले पुस्तकमा ‘कोअर्डिनेसन’ केन्द्रदेखि माले हुँदै नेकपा (एमाले) सम्मको राजनीतिक यात्रा, आन्दोलन र सो बेला योगदान पुर्‍याउने कार्यकर्ताका बारेमा पुस्तकमा रहेको बताउनुभयो । 

कृतिको ५२औँ सुखानी स्मृति दिवसमा सहादतस्थल सुखानीमै विमोचन गरिएको उहाँले बताउनुभयो । कृतिको विमोचन तत्कालीन नेकपा मालेका आश्रयदाता टेकबहादुर राई र भक्तबहादुर आलेले गर्नुभएको थियो । 

साङ्ग्रीला प्रकाशन प्रालिको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा झापा विद्रोहका योद्धा नरेश खरेल संविधानसभा सदस्य रविन कोइरालालगायते शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ । 

डा पाण्डेले यसअघि आधा दर्जन कृति प्रकाशित गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button