तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलामा एकल महिलाहरूलाई बाख्रा वितरण

दार्चुला। दार्चुलामा एकल महिलाहरूलाई बाख्रा वितरण गरिएको छ । जिल्लाको अपिहिमाल गाउँपालिकाले एकल महिलाहरूलाई बाख्रा वितरण गरेको हो । एकल महिला उपाध्यक्ष कार्यक्रम अन्तर्गत सोमबार वडा न. ५ र ६ का ११ जना एकल महिलाहरूलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले  बाख्रा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष देवकी बोहराले बताउनुभयो । 

दुई वटै वडाका एकल महिलाहरूलाई स्थानीय खरि जातका ३५ वटा बाख्रा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष बोहराले बताईन । आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले  एकल महिलालाई बाख्रा वितरण गरिएको उनले  बताइन् । बाख्रा पालनबाट एकल महिलालाई आयआर्जनमा टेवा पुग्ने र  आर्थिकरुपमा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको  छ । 

उपाध्यक्ष बोहराले पालिका भित्रका महिलाहरूका लागी एकल महिला उपाध्यक्ष कार्यक्रम,गर्भवती महिला पोषण कार्यक्रम,राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाहरूलाई होमस्टेका लागी तालिम तथा अनुदान जस्ता कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो । 

उपाध्यक्ष बोहराले पालिका भित्रका महिलाहरूको आर्थिक अवस्था सुधार तथा आत्मनिर्भर बनाउने उद्देश्यले  विभिन्न कार्यक्रमहरू गर्दै आई रहनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button