एपीएफ महिला गोल्डकपको सेमिफाइनलमा
इलाम । एपीएफ क्लब काठमाडौँ दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
क्लब ओएसिसको आयोजनामा इलामको ठूलो टुँडिखेलमा मङ्गलवार भएको खेलमा मदर टेरेसा फुटबल क्लब युपी भारतलाई १४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको छ ।

एपीएफका तर्फबाट रश्मि घिसिङले डबल ह्याट्रिक, अनिता बस्नेतले ५ गोल, अनिता केसी, मनमाया दमाई र कुसुम खतिवडाले १/१ गोल गरिन् । मदर टेरेसा भारतको तर्फबाट प्रतीक्षा क्षेत्रीले १ गोल फर्काइन् ।
नेपाली राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफ र भारतको मदर टेरेसा बीचको आजको खेल पहिलो हाफको केही मिनेट प्रतिस्पर्धात्मक रहे पनि त्यस पछि एपीएफले दबाबमा राख्यो र लगातार गोल गर्यो ।
आजको प्लेयर अफ द म्याच रश्मि घिसिङ बनिन उनले नगद ५ हजार प्राप्त गरिन् ।
फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
भोलि हुने पहिलो सेमिफाइनल खेल आयोजक र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्