संघीय निजामती ऐन केही दिनमै संसदबाट पारित हुन्छ : मन्त्री गुप्ता
वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन बनेको संघीय निजामती ऐन अब केही दिनमै संसदबाट पारित हुने बताउनुभएको छ ।

नेकपा एमाले पर्सा बिन्दबासिनी गाउँ कमिटीको दोस्रो पालिका अधिवेशनको आज उद्घाटन गर्नुहुँदै एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले नेकपा एमाले नेतृत्वको सरकार देशको विकास, समृद्धि र सुशासनको लागी प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले २०५१ मा २०७२ को राजनीतिक परिवर्तनपछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको बताउनुभयो ।
नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको सरकारमा आफूले पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती ऐनको विवाद पटक पटक वार्ता र छलफल गर्दै अन्तिम चरणसम्म पुर्याएको र अब केही दिनमै संसदबाट पारित हुने बताउनुभयो ।
मन्त्री गुप्ताले स्थानीय तहलाई थप सबल एवम् क्रियाशील बनाउन पनि मन्त्रालय लागिपरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्