तपाईँ सुन्दै हुनुहुन्छः

दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार मोहना अन्सारीलाई

काठमाडौँ । यस वर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार मानव अधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिएको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा ५० हजार रुपैयाँ राशिको पुरस्कार अभियान्ता अन्सारीलाई प्रदान गरिएको स्मृति केन्द्रका महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, कोषका संस्थापक हरिहर अर्याल ,सांसद डा दिनेश चन्द्र देवकोटा, प्राडा सुरेन्द्र केसी, पुरस्कृत प्रतिभा मोहना अन्सारी लगायतले दण्डपाणि अज्र्यालको योगदानबाट वर्तमान समाजले पाठ सिक्नुपर्ने बताउनुभयो । 

२०६२ सालमा स्थापित स्मृति केन्द्रले स्थापना कालदेखि हालसम्म राष्ट्रिय महत्वका विषयमा योगदान पुरÞल्याउने राष्ट्रिय प्रतिभाहरूलाई पुरस्कृत गर्दै आएको छ । 

कार्यक्रममा ईश्वरचन्द्र बानियाँको पहिलो घुम्ती पुस्तक  लोकार्पण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button