वीरगन्ज गोल्ड कप फुटबलको सम्पुर्ण तयारी पुरा
वीरगञ्ज । शनिबार बाट शुरु हुने मधेश प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।

भेट्रान्स सिटी क्लब वीरगञ्जको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालन हुने फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको क्लबका उपाध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा वीरगञ्ज युनाईटेड, नेपाल पुलिस क्लब काठमाडौँ, बागमती युवा क्लब सर्लाही, शहलेश फुटबल क्लब सिरहा, मछेन्द्र फुटबल क्लब काठमाडौँ, गरवाहल डाईमण्ड क्लब दिल्ली, एपिई पावर चर्च ब्वाईज युनाईटेड काठमाडौँ र सङ्कटा फुटबल क्लब काठमाडौँ गरी ८ टोलीको सहभागिता हुने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो ।
यस्तै सर्वोत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कूटी तथा ट्रफी, वेस्ट किपरले २० हजार, वेस्ट कोचले २० हजार तथा प्रत्येक दिनको खेलमा मैन अफ द म्याचले १० हजार प्राप्त गर्ने उहाँले बताउनुभयो ।
झण्डै १ करोडको लागतमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को विजेता नेपाल पुलिस क्लब र उपविजेता नेपाल आर्मी क्लब भएका थिए ।
प्रतिक्रिया राख्नुहोस्