नेपाली सेनाको हेलिकप्टर मार्फत सुत्केरी व्यथा लागेकी महिलाको उद्धार

अछाम । अछामको कमलबजार नगरपालिका वडा नं ०८ ढाँकुकि एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । ३५ वर्षीय रङ्गी देवी भण्डारीको सुत्केरी व्यथामा अत्यधिक रक्तस्राव भएका कारण हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
उनलाई मङ्गलसेन नगरपालिका वडा नं ०५ स्थित जिल्ला प्रशासन कार्यालय अछाम नजिकै बाट नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचार को लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको अछाम प्रहरीले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्