तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास–निर्माणका काममा सरकार क्रियाशील छ’

ढोरपाटन (बागलुङ) । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएर तदनुरुप काम गरिरहेको  बताउनुभयो ।

आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा पनि सुधार आएको उहाँको कथन थियो । यद्यपि उहाँले सन्तोष मानेर बस्ने बेला नभएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

“ यो सरकारले जनतामा आशा जगाउने गरी काम गरिरहेको छ, गठबन्धनलाई सुदृढ बनाउने प्रयास जारी छ” मन्त्री शाहीले भन्नुभयो – “पहिलेको जस्तो निराश हुनु पर्ने अवस्था छैन, सरकार सबै क्षेत्रको विकासका निम्ति गम्भीर भएर लागेको छ ।”उहाँले वनलाई जनतासँग र समृद्धिसँग जोड्नुपर्नेमा पनि जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button