सत्तारुढ दलको प्रमुख सचेतकहरूको बैठक: अध्यादेश कार्यसूचीमा राख्ने विषयमा छलफल

काठमाडौँ I सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठकले दुवै सदनबाट तत्काल सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति गरेको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा अध्यादेशहरू तीन दिनपछि दुवै सदनको कार्यसूचीमा राख्ने र पारित गर्ने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयो ।
प्रतिपक्षले पाँचवटा विधेयमा सहमति जनाइसकेकाले भूमिसम्बन्धी विधेयकलाई पनि प्रतिस्थापन विधेयकका माध्यमबाट मिलाउन सकिने गरी पारित गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकमा एमाले, काँग्रेस, जसपा, जसपा नेपाल, जनमत पार्टीलगायत प्रमुख सचेतकहरूको ,सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्