ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु
बागलुङ । पश्चिम बागलुङको निसिखोला गाउँपालिका–६ मा शनिबार ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रुकुम पूर्वदेखि बागलुङको बुर्तिबाङ्ग आउँदै गरेको ग १ क ६१८९ नम्बरको ट्रिपर निसी –६ लामिडाँडामा दिउसो दुई बजेतिर दुर्घटना हुँदा चालक गुल्मीको ईश्माका ४८ वर्षीय कृष्ण कुमालको ज्यान गएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो ।
ट्रिपर करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्