फोनिज सप्तरीको अध्यक्षमा मण्डल
सप्तरी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सप्तरीको पाँचौँ जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।

अधिवेशनले कृष्ण कुमार मण्डल धानुकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
गठित समितिको उपाध्यक्षमा रामप्रसाद चौधरी थारु, सचिवमा रामनाथ चौधरी थारु, सह–सचिवमा कमल प्रसाद मण्डल धानुक चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा जयन्ती सिंह दनुवार चयन हुनुभएको छ ।
यसैगरी समितिको सदस्यहरूमा भद्र कुमारी लामा तामाङ, चन्द्र बहादुर तामाङ, पूर्ण मगर, करुणा राई, रामसेवक मण्डल धानुक, मिलन लेखी थारु, दिपक सिंह दनुवार र सरोज राना मगर रहेका छन् ।
अधिवेशनले प्रिया सिंह थारु, बृजमान तामाङ र जितेन्द्र कुमार चौधरीलाई प्रदेश प्रतिनिधि चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिमा डम्बर राईलाई चयन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्