तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभा बैठक आज बस्दै

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ। बैठकमा सांसदहरूका लागि विशेष समयको कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार सांसदहरूले निर्वाचन क्षेत्रका समस्या, विकासका काम र आवश्यकताका विषयमा धारणा राख्ने कार्यक्रम छ।

यस्तै, बैठकमा प्रदेश लोक सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ। प्रतिवेदनमा आयोगका गतिविधि र प्रगति विवरण समेटिएको छ।

यसअघि बुधबार बसेको बैठकमा पाँच विधेयक पेश गरिएका थिए। ती विधेयकहरूलाई छलफलका लागि प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button