योगमाया स्मृति कप पुरुष भलिबल फागुन १० गतेदेखि
भोजपुर । योगमाया स्मृति कप अन्तर पालिका स्तरीय तीन बर्षे रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आगामी फागुन १० गतेबाट संचालन हुने भएको छ ।
योगमाया खेलकुद विकास समिति षडानन्द नगरपालिका–१ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । महाशिवरात्रि मेलाको अवसरमा योगमाया खेलकुद विकास समितिले फागुन १० गते देखि १४ गतेसम्म नेपाल डाँडाको मझुवावेशीमा भलिबल प्रतियोगिता संचालन गर्ने निर्णय गरेको समितिका अध्यक्ष भुपाल कठेतले जानकारी दिनुभयो ।
खेलमा विजेता हुने पालिकाले नगद एक लाख ११ हजार एक सय ११ सहित एक सय सात तोला चाँदीको ३ वर्षे रनिङ शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेताले नगद ६१ हजार एकसय ६१ रुपैयाँका साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजक योगमाया खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता अन्तर्गत दुई सेमिफाइनलमा पुग्ने पालिकालाई २५–२५ हजार नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
समितिका सचिव डिल्लीराम राईका अनुसार प्रतियोगितामा उत्कृष्ट पाँच विधामा जनही दुई हजारका दरले नगद सहित ट्रफीको समेत व्यवस्था गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्