तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा किशोरीहरूलाई एचपिभी खोप लगाउन सुरु

गुल्मी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मीमा एच.पि.भी. खोप लगाउन सुरु गरिएको छ ।

जिल्लामा ११ हजार बढी किशोरीहरूलाई एचपिभी खोप लगाइने छ । गुल्मी जिल्ला भरका ३९२ खोप केन्द्रमा आजदेखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियान मार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका ११ हजार ४८८ जना किशोरीहरूलाई एचपिभी खोप लगाउने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ६ देखि १४ वर्ष उमेर समूहका ११ हजार ४८८ किशोरीहरूका लागि खोप लगाइने जानकारी गराइएको हो ।

विद्यालय बाहिर रहेका उक्त समूहका २२४ किशोरीहरूलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताउनुभयो ।

सरकारले यो वर्षदेखि एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ । आगामी वर्षदेखि कक्षा ६ देखि १० वर्षका किशोरीलाई हरेक वर्ष एचपिभी खोप दिने लक्ष्य लिएको छ ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले अभियानलाई जिल्लामा सबैले आफ्नो तर्फबाट सहयोग गरेर सफल बनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button