तपाईँ सुन्दै हुनुहुन्छः

अर्ग्यानिक उत्पादनमा जोड गरौँ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्ग्यानिक खाद्यान्न, तरकारी तथा फलफूल उत्पादनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर सम्बोधन गर्ने बताउनुभएको छ ।

अम्बिकेश्वरी व्यावसायिक तरकारी खेती कृषक समूहसँग देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले खाद्यान्न तथा तरकारी उत्पादनमा रासायनिक मल र विषादीको प्रयोगलाई घटाउँदै जैविक मल र जैविक विषादीको प्रयोग बढाएर अर्ग्यानिक उत्पादन बढाउने गरी प्रदेश सरकारले सम्बोधन गर्ने बताउनुभयो ।

उहाँले तरकारी बजार तथा सब्जी मन्डीहरूमा बिक्री वितरणका लागि राखिएका तरकारीको विषादी परीक्षणको व्यवस्था मिलाउने गरी कार्यक्रम बनाउन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई निर्देशन पनि दिनुभयो । भारतबाट आउने तरकारीमा अत्यधिक विषादी हुने गरेको गुनासो किसानहरूको छ । सीमा नाकामा संघीय सरकारले विषादी परिक्षण गर्दै आएको र त्यो कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समेत पहल गर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

भैरहवा, कृष्णनगर, नेपालगञ्जको नाकामा विषादी परिक्षण परीक्षणको कामलाई प्रभावकारी बनाउन समेत किसानहरुले माग राखेका थिए । घोराही उपमहानगरपालिका–१८ मसिना अम्बापुरका किसानहरुले व्यावसायिक रुपमा अर्ग्यानिक तरकारी उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button