तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री गुरुङद्वारा नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा शुभकामना ब्यक्त

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।   

नेपाल टेलिकम आज २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले हरेक वर्ष माघ २२ मा वार्षिकोत्सव मनाउने गरेको छ । कम्पनीले मोबाइल टेलिफोन सेवा, जिएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ ।

मन्त्री गुरुङले   दिनुभएको  शुभकामना सन्देशमा भनिएको छ,  “यो युग सञ्चारको युग हो । सञ्चारको जगतमा नेपालले पनि आफू युगानुकूल अगाडि बढाइरहेको छ । यस मामलामा सरकारी स्वामित्वसमेत रहेको कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अतुलनीय योगदान छ । यो कम्पनी २१ औँ वर्ष पूरा गरी २२ औँ वर्ष प्रवेश गरेको छ । खुसीको यो अवसरमा कम्पनीका सेवाग्राही,शेयर धनी तथा कम्पनीका कर्मचारीहरूमा हार्दिक बधाई तथा शुभकामना”  

विस २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भए पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रूपान्तरण गरियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button