भूमहिको टायर र मोबिल गोदाममा भीषण आगलागी
नवलपरासी,पश्चिम्।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा रहेको एक गोदाममा भीषण आगलागी भएको छ । सोमबार मध्यरातमा लागेको आगो निभाउन रामग्राम, बर्दघाट र रुपन्देहीको सिद्धार्थ नगरपालिकाको तीन वटा दमकल, प्रहरी र स्थानीयको सहायता लिइएको थियो । बिहान करिब १:३० बजे लागेको आगो साढे तीन बजे तिर मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय लेखनाथ खरेलले संचालन गरेको जय कालिका ट्रेडिङ सप्लायर्समा आगलागी भएको हो।
गोदाममा टायर र मोबिल रहेको थियो।टायर र मोबिल गोदाम भएकाले आगलागी नियन्त्रणमा लिन करिब तीन घण्टा लागेको थियो । आगलागीको कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको र मुचुल्का उठाउने काम भैरहेको प्रहरिको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्