कार्य व्यवस्था परामर्श समितिको बैठक मङ्गलवार बोलाउन दलहरू सहमत
काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकको बैठकले मङ्गलवार कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
आजको बैठकमा भोलि बोलाईएकोे समितिको बैठकको एजेन्डाबारे छलफल भएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले बताउनुभयो । यस्तै, आजैको बैठकले यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको उहाँले बताउनुभयो ।
बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुने सचेतक बर्तौलाले जानकारी दिनुभयो । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । उहाँका अनुसार माघ २५,२६ र २७ गते संसदीय समितिको बैठकहरू बस्न समय छुट्टाइएको छ भने २९ र ३० गते पुनः संसद् बैठक बस्ने गरी तय गरिएको छ ।
आगामी माग १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।
प्रतिक्रिया राख्नुहोस्