तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन

तेह्रथुम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गर्नुभएको छ । 

रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गर्नुभएको हो । पार्कको अवलोकनपछि उहाँले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गर्नुभयो । 

लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरु गरिएको पार्कमा युमा सङ्ग्रहालय पनि रहेको छ । पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको  लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबुहाङले बताउनुभयो ।

प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आउनुभएको प्रदेशसभा सदस्य तथा नेकपा ९माओवादी केन्द्र०का नेता दुर्गाप्रसाद चापागाईँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button