प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बस्दै
काठमाडौँ । सत्तारुढ दलहरूको बैठक आज बस्दैछ । बैठक आज सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाउनु भएको हो।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ। बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुने जनाएको छ।
सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन् । माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ।
प्रतिक्रिया राख्नुहोस्