यातायात सेवा कार्यालय परासीबाटै चारपाङ्ग्रे सवारी अनुमति पत्र
नवलपरासी । पश्चिम नवलपरासीको परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय बाट चारपाङ्ग्रे सवारी साधनको चालक अनुमति पत्र वितरण सुरु भएको छ । २०७८ सालमा स्थापना भएको यातायात सेवा कार्यालय बाट यसअघि दुई पाङ्ग्रे सवारी साधनको सवारी अनुमति पत्र जारी र नवीकरण हुँदै आएको थियो ।
आज एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले चालक अनुमति पत्र वितरणको सुरुवात गर्नु भएको हो । जिल्लामा नै चालक अनुमति पत्र वितरण सुरु भएपछि रुपन्देही जानुपर्ने बाध्यता हटेको छ । आज बाटै ट्रायल सुरु गरि अनुमति पत्र दिन थालिएको छ । चारपाङ्ग्रे सवारी अन्तर्गत वर्ग (B,C,C1 र E) बि,सि,सि1 र ई को अनुमति पत्र सुरुवात गरिएको छ ।
परासीमा रहेको यातायात कार्यालय बाट अहिले सम्म ७ हजार दुई पाङ्ग्रे सवारी अनुमति चालक वितरण गरेको कार्यालय प्रमुख श्याम न्यौपानेले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको पुस महिना सम्म ९ करोड राजस्व सङ्कलन भएको छ ।
प्रतिक्रिया राख्नुहोस्