तपाईँ सुन्दै हुनुहुन्छः

पाँच किलो गाँजासहित महिला पक्राउ

उदयपुर । लागु औषध (गाँजा) घरमा राखी बिक्री वितरण गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा उदयपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जिल्लाको चौदण्डीगढी नगरपालिका ३, बदेलपानीबाट अबैध लागु औषध गाँजासहित स्थानीय एक महिलालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, चौदण्डीगढी नगरपालिका ३ मा लागु औषध (गाँजा) घरमा राखी बिक्री वितरण गर्दै गरेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक बबिन राईको नेतृत्वमा खटिएको टोलिले स्थानीय एक व्यक्तिको काठले बनेको किचनमा खानतलासी गर्दा, किचनको ¥याकमा लुकाइ राखिएको रातो प्लास्टिकका तीन पोका र निलो पहेलो रंगको जेब्रा झोलामा अवैध गाँजा फेला पारेको थियो।

प्रहरीले प्लास्टिकका तीन पोका र जेब्रा झोलामा राखिएको कुल ५ किलो ९९० ग्राम अवैध गाँजासहित ३० वर्षीया सम्झना राईलाई पक्राउ गरेको छ। उनलाई बिक्री बितरणमा संलग्न रहेको आशङ्कामा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button