मुलुकको अर्थतन्त्र सुधारिँदै गएको छ : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारिँदै गएको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा आइतबार भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय मुलुकको अर्थतन्त्रले लय समातेर अघि बढेको बताउनु भयो ।
मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सरकारले अर्थ क्षेत्रका विभिन्न कानूनलाई अध्यादेश मार्फत संशोधन गरेको उल्लेख गर्नु भयो ।
अर्थमन्त्री पौडेलले लगानी, रोजगारी तथा आर्थिक वृद्धिमा सहयोग पुग्ने गरी आर्थिक क्षेत्रका पुराना कानुनहरूलाई अध्यादेश मार्फत संशोधन गरिएको बताउनु भयो ।
सरकारले निजी क्षेत्रको प्रवर्द्धनलाई जोड दिएको, निर्माण व्यवसायीहरूको बाँकी रहेको कानून बमोजिम दिनु पर्ने भुक्तानी सबै दिइसकेको पनि अर्थमन्त्रीले स्पष्ट पार्न भयो ।
अर्थमन्त्री पौडेलले वर्तमान सरकारप्रति नीजि क्षेत्रको भरोसा र विश्वास बढेको तथा पूँजीगत खर्चको गुणात्मक सुधारका लागि विभिन्न प्रयासहरू अघि सारेको उल्लेख गर्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्