तपाईँ सुन्दै हुनुहुन्छः

७ हजार ५ सय बढी किशोरीलाई एचपिची खोप लगाइने

डडेल्धुरा । डडेल्धुरामा ७ हजार ५सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार यही माघ २२ गते देखि फागुन ६ गते सम्म किशोरीहरूलाई एचपिभी खोप लगाउने भएको हो । 

कार्यालयका प्रमुख केशर साउँदले कक्षा ६ देखि १० सम्मका विद्यालयहरूमा खोप केन्द्र बनाई उक्त खोप लगाइने बताउनु भयो । १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरू विद्यालय नजाने भएमा नजिकैको स्वास्थ्य संस्था मार्फत पनि खोप दिइने प्रमुख साउँदले जानकारी दिनु भयो  । 

डडेल्धुरामा गत वर्ष ३सय ७५ जनालाई उक्त खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ देखि एचपिभी खोपलाई नियमित सेवामा समावेश गरेको छ । 

नेपाली महिलाहरूमा हुने विभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरका कारण हुने मृत्युमा पहिलो कारणका रुपमा रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button