पिएसबी: आर्थिक सुनिश्चितता र प्रविधि रुपान्तरणका विषयमा आज छलफल हुँदै
पिएसबी पूर्वारम्भको आज अन्तिम दिन
काठमाडौँ।सार्वजनिक सेवा प्रसारण नेपालको पूर्वारम्भ कार्यक्रम अन्तर्गत आज तेश्रो तथा अन्तिम दिन दुई वटा फरक विषयमा विज्ञहरुसँग वहस (Panel Discussion) हुँदैछ ।
पहिलो सेसन विहान ११ बजे प्रविधि रुपान्तरण र नियमन विषयमा प्रविधिसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि तथा आइटी विज्ञहरुसँग छलफल हुनेछ
यसैगरी दोश्रो तथा अन्तिम सेसन दिउँसो १ बजे सार्वजनिक सेवा प्रसारणमा आर्थिक सुनिश्चितताको विषयमा अन्तराष्ट्रिय अभ्यासका बारेमा जानकारी लिने उदेश्यले एनएचकेका पूर्व निर्देशकसँग छलफल हुनेछ ।
यी सेसनहरुको नेपाल टेलिभिजनका च्यानलहरु तथा रेडियो नेपालअनलाइन र नेपालटिभीअनलाइनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
सार्वजनिक सेवा प्रसारणको प्रारम्भिक चरणमा यसका मूलभूत विषयवस्तु र संचालनका आधारहरुका बारेमा विभिन्न १० वटा विषयविधामा छलफल भएका छन ।
पिएसबीको पूर्वारम्भ कार्यक्रमको समापन आज रेडियो नेपालमा हुँदैछ ।
प्रतिक्रिया राख्नुहोस्