तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रष्टचार नियण्त्रणमा स्थानीय तहको भुमिका महत्वपूर्ण’

सुनसरी । बढ्दो भ्रष्टाचार र घट्दो सदाचारलाई ध्यानमा राखी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिकाबारे कार्यक्रम सम्पन गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको समन्वयमा आयोजित कार्यक्रमका सहभागी सरोकारवालाहरूले बढ्दो भ्रष्टाचार नियन्त्रणमा जोड दिएका छन् । सदाचारको अभावमा बढ्दै गएको भ्रष्टाचार न्यूनीकरणमा आम नागरिक, नागरिक समाज र कर्मचारी तथा जनप्रतिनिधिहरू इमान्दार र जिम्मेवारीप्रति वफादार हुनुपर्नेमा जोड दिएका छन् ।

 कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको समन्वयमा खगेन्द्र बहादुर खड्काले सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिकालाई ध्यानमा राखेर कार्यक्रम गरेको बताउनुभयो । यहाँका सरोकारवालाहरूले इमान्दार भएर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।  

कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काको अध्यक्षता र भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

सबै क्षेत्रमा नागरिक संलग्नता तथा उपलब्ध स्रोत र साधनको सही उपयोग गर्दै पारदर्शी सेवा प्रवाह गर्नु स्थानीय तहको प्रमुख जिम्मेवारी रहेको बोध गराई काम गर्न सकेको खण्डमा भ्रष्टाचार कम गर्न सक्ने भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बताउनुभयो । 

कार्यक्रममा उपाध्यक्ष सुनिताकुमारी उराँवले गाउँपालिकाले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न विशेष ध्यान दिएको बताउनुभयो ।

त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जनप्रतिनिधि र कर्मचारीहरूले कानुन पालना गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पालिकाभित्रका वडाध्यक्षहरूले भ्रष्टाचारमुक्त गाउँपालिका निर्माणका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button