तपाईँ सुन्दै हुनुहुन्छः

‘एकीकरण टर्चर्‍याली’ नुवाकोट दरबारको लागी प्रस्थान

नुवाकोट । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउदै आएको नेपाली सेनाको ‘एकीकरण टर्च ¥याली (दिपज्योती)’ आज नुवाकोट दरबार पुग्ने भएको छ ।

धादिङको भ¥याङभुरुङहुदै सामरीबाट नुवाकोट प्रवेश गरेको ¥याली विदुर नगरपालिका–१० स्थित शुभघाटमा आएर मंगलबार बास बसेर अहिले बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।

भ¥याङभुरुङ हुदैँ नुवाकोट आइपुगेको ¥याली सामरीभञ्याङ, कागुनेहुदैँ शुभघाट आइपुग्दा विदुरका नगरप्रमुख राजन श्रेष्ठ सहित यहाँका जनप्रतिनिधि र स्थानीयबासीले स्वागत गरेका थिए ।

स्वागतका क्रममा विदुरका प्रमुख श्रेष्ठले नेपाली सेना मार्फत सञ्चालन गरेको पदयात्राले ईतिहासको जगेर्ना, पुर्खाले पु¥याएको योगदानको संरक्षण र मेटिदै गएका तत्कालीन पुरातात्विक, धार्मिक एवम् ऐतिहासिक संरचनाको जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नुवाकोटको त्रिशूलीबाट धादिङतर्फ गोर्खा राज्य र काठमाडौतर्फ कान्तिपुर राज्य रहेको थियो ।

पृथ्वीनारायण शाहको बुबाले पहिलो पटक नुवाकोटमाथी गरेको आक्रमण बिफल भएपछि पृथ्वीनारायण शाहले दोश्रो पटकको प्रयासमा नुवाकोटबाट बिजयी हासिल गरेर सुरु भएको नेपाल एकीकरण अभियानले बिशाल नेपालको निर्माण सम्भव भएकाले एकीकरण यात्रा नुवाकोटको लागी सबैभन्दा महत्वको रुपमा लिने गरिएको छ ।

कान्तिपुर राज्यको अधिनमा रहेको नुवाकोटमाथी बिजयी पश्चात नुवाकोटबासीको साथमा पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका सहित अन्य राज्यमाथी बिजयी हासिल गर्नुभएको थियो । सोही क्रममा उहाँले पछ्याएको पदमार्गको संरक्षण, पर्यटक प्रबद्र्धन र वीर पुर्खाले पु¥याएको योगदानको सम्मान स्वरुप युवापिढीँमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रा’ सञ्चालनमा ल्याइएको नुवाकोटका गणपति (प्रमुख सेनानी) विष्णु कार्कीले जानकारी दिनुभयो ।

यस क्रममा पदमार्गमा पर्ने कोटघर, गढी, किल्ला लगायतका एतिहासिक तथा धार्मिक महत्वको संरचनाको सम्बद्र्धन, संरक्षण, प्रबद्र्धन र प्रचारमा उल्लेख्य सहयोग पु¥याउन केन्द्रित गरिएको छ ।

गोर्खाली फौजले विंस. १८०१ असोज १५ मा नुवाकोटमाथी बिजयी गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देश एकीकरण पदयात्र मार्फत दिन खोजिएको छ ।

¥यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उहाँको सैनिक फौजले प्रयोग गरेको जस्तै पोषाक र हातहतियारमा सजिएका छन् । गोरखा दरबारबाट निकालिएको उक्त ‘एकीकरण टर्च’ पृथ्वीनारायण शाहले नै स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजा समेत संलग्न गराइएको छ । नुवाकोटको साततले दरबारतर्फ प्रस्थान गरेको ¥याली त्यहाँ आयोजित एक विशेष समारोहमा सहभागी हुनेछ भने त्यसपश्चात धरमपानी, शेरा दरबार, बरबन्दी, चतुराले, ककनीहुदैँ शुक्रबार काठमाडौ प्रवेश गर्नेछ । काठमाडौको सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ गते पुगेर त्याहाँ विशेष कार्यक्रम गरेर ¥यालीको समापन गरिने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button