तपाईँ सुन्दै हुनुहुन्छः

वायु सेवा निगमको व्यवस्थापन तथा सेवा सञ्चालन सम्बन्धमा छलफल  

काठमाडाैँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा नेपाल वायु सेवा निगमको व्यवस्थापन तथा सेवा सञ्चालनको सम्बन्धमा छलफल भएको छ ।

समितिको बैठकमा नेपाल वायु सेवा निगमलाई व्यवस्थित र विश्वसनीय बनाउन सरकारले प्रभावकारी कदम चाल्न नसक्नुको बारेमा सदस्यहरुले ध्यानाकर्षण गराउनु भएको थियो ।

बैठकमा समिति सदस्यहरुले नेपाल एयरलाइन्सको विमान खरिदमा अनियमितता भएको भन्ने विषय बारम्बार चर्चामा आउने गरेपनि समितिमा गहन ढंगले छलफल हुन नसकेको उल्लेख गर्नुभयो ।

साथै बैठकमा परराष्ट्र मन्त्री डा. आरजुराणा देउवाको विदेश भ्रमणको विषयमा समितिमा छलफलको लागि बोलाउन समिति सदस्यहरुले माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button