तपाईँ सुन्दै हुनुहुन्छः

‘पैसा डबल गरिदिने’ प्रलोभन देखाइ रकम ठगी गर्ने हनुमानी पक्राउ 

oplus_0

सप्तरी । पैसा डबल गरिदिने प्रलोभन देखाएर दर्जनौँ व्यक्तिबाट लाखौँ रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले  पक्राउ गरेका छन् । 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा बस्ने हनुमानी भनिने राम बहादुर रजकलाई सप्तरी प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।

आइतबार हनुमानीलाई निजको गाउँबाटै पक्राउ गरेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

हनुमानी विरुद्ध एक जना पीडितले प्रहरीमा उजुरी दिएका थिए । उजुरी पश्चात् सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका उनलाई सुराकीको आधारमा आइतबार साझ पक्राउ गरिएको एसपी खतिवडाले जानकारी दिनुभयो ।

वर्षौँदेखि ठगी धन्दामा संलग्न राम बहादुर रजकद्वारा ठगिएको व्यक्तिहरूलाई प्रहरीमा सम्पर्क राख्न समेत एसपी खतिवडाले आग्रह गरे । 

उक्त सम्मेलनमा केही हुण्डी कारोबारीलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै २०८१ आश्विन १७ यताको घटना तथा सोको निदान र प्रगति विवरण समेत सार्वजनिक गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button