शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजबाट खर-खडाई सुरु
कञ्चनपुर । कञ्चनपुर जिल्लामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजबाट छ दिनका लागि दुई चरणमा खर खडाई सुरु भएको छ ।
निकुञ्जको सरसफाइ हुने र मध्यवर्ती क्षेत्रको कमजोर आर्थिक अवस्था भएका जनताहरूलाई घर गोठ झाउन खर उपलब्ध हुने गरि दुई चरणमा छ दिनका लागि खर खडाई खुल्ला गरेको छ ।
पुष २२ देखि २४ गते सम्म निकुञ्ज को पश्चिमी सेक्टरमा र पुष २५ देखि २७ गतेसम्म पुर्वी सेक्टर मा रु ५० को टिकट लिएर मात्रै खर खडाइका लागि प्रवेश दिइएको निकुञ्जले जनाएको छ ।
खर खडाईका लागि बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म प्रवेश गर्न पाइने छ ।
खर खडाईका समयमा हुन सक्ने चोरी सिकारी नियन्त्रणका लागि नेपाली सेना र निकुञ्ज का कर्मचारी परिचालन गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्