अहिलेको गठबन्धन सरकारको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
सुनसरी । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धन सरकारको विकल्प नभएको बताउनुभएको छ ।
आज आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकार गठनका बेला भएको सहमति अनुसार नै आउने निर्वाचनसम्म गठबन्धनको सरकार कायम रहने बताउनुभयो ।
सिंहले सरकार गठन अघि भएको सहमतिमा कांग्रेस र एमाले इमान्दार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्