जनसहयोग माविले जित्यो प्रथम खुकुरी क्रिकेट कपको उपाधि
गुल्मी । जनसहयोग माविले प्रथम खुकुरी क्रिकेट कपको उपाधि जितेको छ । तम्घासको चिदिचौर खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रेसुङ्गा नगरपालिका–५ को जनसहयोग माध्यमिक विद्यालयले प्रथम खुकुरी क्रिकेट कपको उपाधि हात पारेको हो ।
जनसहयोगले सिद्धबाबा माध्यमिक विद्यालयमाथि चार विकेटको जित हात पारेको हो । सुरुमा ब्याटिङ गरेको सिद्धबाबाले निर्धारित १६ ओभरमा नौ विकेट गुमाएर ६१ रन बनाएको क्लबका सचिव निशान टण्डनले जानकारी दिए । त्यस्तै जनसहयोगले ८.१ ओभरमा ६ विकेट गुमाएर ६२ बनाएको थियो । जितसँगै जनसहयोग माविले नगद २२ हजार दुई सय २२, उपविजेता सिद्धबाबा माविले ११ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पनि प्रदान गरिएको क्लबका सचिव टन्डनले जानकारी दिनुभयो ।
पुस १६ गतेबाट सुरु भएको खेलमा जिल्लाका १२ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्