यातायात क्षेत्रलाई थप भरपर्दो र विश्वासिलो बनाउनुपर्छ : नेता निधि
जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले देशको सबैभन्दा ठूलो रोजगार दिने यातायात क्षेत्रलाई थप भरपर्दो एवं विश्वासिलो बनाउनुपर्ने बताउनुभएको छ ।
माँ जानकी यातायात प्रालि जनकपुरधामको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई जनकपुरधाममा उद्घाटन गर्नुहुँदै उहाँले यातायात क्षेत्रका मजदुरहरूको हक र अधिकार संरक्षणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले विगतमा आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा कार्य गर्दै गर्दा विभिन्न उल्लेखनीय योगदान र यातायात सुधारका महत्वपूर्ण निर्णयहरू गरेको स्मरण गर्दै यातायात व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र सर्वसुलभ बनाउनका लागि भएका सुधारका कारणले आजको यातायात प्रणालीलाई सबल बनेको बताउनुभयो ।
उहाँले जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको बसपार्क निर्माणका लागि हरसम्भव सहयोग र प्रयास जारी राख्ने प्रतिबद्धता गर्दै देशको समृद्धिको यात्रामा सार्वजनिक क्षेत्रका बस व्यवसायीको ठूलो योगदान रहेको स्पष्ट पार्नुभयो ।
माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्