तपाईँ सुन्दै हुनुहुन्छः

सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्छ: उपप्रधानमन्त्री सिंह

महोत्तरी । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान  सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । 

उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताउनुभयो । “यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ”, उहाँले भन्नुभयो, “वर्तमान सरकार बने यता आम जनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको छ ।” साथै उहाँले पार्टी कार्यकर्तालाई ऊर्जावान् भएर सङ्गठन विस्तारमा लाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button