विधायन व्यवस्थापन समिति बैठक : तिलगंगा विश्वविद्यालय विधेयकबारे सरोकारवालाहरूसँग छलफल
काठमाडौँ । आँखा रोगको उपचारमा सर्वसाधारणको सहज पहुँच पुर्याउन नेत्र विश्वविद्यालय महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।

नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल गर्न आज बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर रीता गुरुङले आँखासम्बन्धी रोगको अध्ययन अनुसन्धान गर्न विश्वविद्यालय महत्वपूर्ण हुने बताउनुभयो ।
डाक्टर गुरुङले नेत्र विश्वविद्यालय स्थापना भएपछि विदेशी विद्यार्थीको समेत अध्ययन गन्तव्य बनाउन सकिने हुँदा तत्काल कानून बनाउन सुझाव दिनुभयो ।
बैठकमा सांसदहरुले सर्वसाधारणलाई आँखा रोगको उपचारमा सहज पहुँच पुर्याउनुपर्ने र आँखा उपचार सम्बन्धी सामग्री उत्पादन तथा निर्यात गर्न कानूनी व्यवस्थालाई सहज बनाउने विषयलाई विधेयकले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले आम नागरिकका छोराछोरीले नेत्र विश्वविद्यालयमा न्यूनतम शुल्कमा अध्ययन गर्ने अवसर पाउने गरी विधेयक संशोधन गरिनुपर्नेमा पनि जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्