पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव जारी, महोत्सवमा दर्शकको अत्यधिक भिड

पोखरा । पोखरामा जारी बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा दर्शकको अत्यधिक भिडभाड भएको छ । पोखरामा पहिलो पटक आयोजना गरिएको उक्त महोत्सवमा सोमबार देखि महोत्सवमा दर्शकको अत्यधिक भिड भएको महोत्सव आयोजक बेलुन नेपालले जनाएको छ ।

उक्त महोत्सवमा जानको लागि पोखरा लेक साइडको डिहिकोपाटन देखि ७ वटा निःशुल्क सटक बसको व्यवस्था गरिएको छ । महोत्सवलाई सफल पार्न उक्त बस सेवाको व्यवस्था मिलाएको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम वाडेले बताउनु भयो । महोत्सवमा जाने दर्शको अत्यधिक भिड भएकोले हरेक सटक बसमा यात्रुको अत्यधिक भिडभाड भएको छ ।
महोत्सवको अवसरमा हालसम्म ५ हजार पर्यटकले हर्ट एयर बेलुन उडान गरेको अध्यक्ष वाडेले दाबी गर्नुभयो । पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पोखराको फेवाफाँट तथा लौरुक क्षेत्रमा जारी उक्त महोत्सवमा एक लाख भन्दा बढी दर्शक सहभागी भएको उनले दाबी गरे ।

बि. वाई.डी. को मुख्य: प्रायोजनमा भएको महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रवर्द्धकमा रहेका छन् । उक्त क्षेत्रमा दैनिक उपभोग्य बस्तु देखि फलफूल तरकारी र चटपटेका पसलहरू समेत अस्थायीको लागि खुलेको बेलुन नेपालकी सपना कार्कीले बताउनु भयो । फेवाफाँटमा भएको बेलुन उडानको न्यूनतम ८ देखि १० मिनेट बेलुनमा उडान गरेको प्रति व्यक्ति २ हजार रुपैयाँ शुल्क लिने गरेको बेलुन नेपालले जनाएको छ ।
उक्त महोत्सवको बेलुन उडान मुख्य आकर्षणको रुपमा रहेको छ । बिहान लौरुकबाट करिब ३० देखि ४० मिनेट उडान गरेको ११ हजार शुल्क लाग्ने भए पनि दिउँसो देखि साँझ सम्म फेवाफाँटमा उक्त सस्तो प्याकेजमा धेरै पर्यटकहरूलाई बेलुनमा उडेको मनोरञ्जन दिन उक्त प्याकेज ल्याएको जनाउनु भयो । बेलुन उडान गर्नेहरुको सोमबार र मङ्गलवार अत्यधिक भिड भएको उहाँले जनाउनु भयो । पोखरामा पहिलो पटक आयोजना भएको बेलुन महोत्सवको बारेमा अमेरिका, अस्ट्रेलिया, ब्राजिल, फ्रान्स, बेलायत लगाएका देशहरूमा नेपालको बारेमा यस्तो समाचार पहिलो पृष्ठमा छापिनु नेपालको र बेलुन खेलको विश्वमा व्यापक चर्चा परिचर्चा भएको अध्यक्ष पावेले बताउनुभयो ।
पोखराको आकाशमा १५ देशका एकै पटकमा १७ वटा हर्ट एयर बेलुन यही पुष ९ गते देखि उड्न सुरु भएको छ । यही पुष १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा हालसम्म करिब ५ हजार जनाले बेलुनमा उडेको प्रा.लि.ले जनाएको छ । फेवाफाँटमा भने विभिन्न खानाका स्टल सहितको सहुलियत मूल्यमा बेलुन उडान तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन भएको कार्यक्रम संयोजक सविन महर्जनले बताउनु भयो । अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको साहसिक खेलकुदको केन्द्र बनाउन सहयोग पुग्ने उहाँले जनाउनु भयो ।
पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना भएको महोत्सवमा नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरूको सहभागी भएको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्