तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख घिमिरेद्वारा पुर्वराष्ट्रपति कार्टरको निधनमा शोक व्यक्त

काठमाडौँ । सभामुख देवराज घिमिरेले अमेरिकी पुर्वराष्ट्रपति जिम्मि कार्टरको निधनप्रति शोक व्यक्त गर्नुभएको छ । आज एक शोक वक्तव्य जारी गर्दै सभामुख घिमिरेले शान्ति, मानव अधिकार र परोपकारको क्षेत्रमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गर्नुहुँदै स्वर्गीय कार्टरप्रति श्रद्धान्जलि व्यक्त गर्नुभएको छ । यस दुखको घडीमा स्वर्गीय कार्टरको परिवार र अमेरिकी जनताप्रति समेत उहाँले समवेदना व्यक्त गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाका ३९औँ राष्ट्रपति तथा २००२ का नोबेल शान्ति पुरस्कार विजेता समेत रहनुभएका कार्टरले  द्वन्द्वको समाधान, मानव अधिकारको प्रवर्द्धन र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै नेपाली जनतालाई शान्ति र समृद्धिको मार्गचित्रमा अगाडि बढ्न प्रेरित गर्नुभएको थियो ।

 १ सय वर्षको उमेरमा डिसेम्बर २९, २०२४ मा जर्जियास्थित आफ्नो निवासमा निधन हुनुभएका कार्टरले नेपालको शान्तिप्रक्रिया सँगै मानव अधिकार, तथा गरिबी निवारणका क्षेत्रमा पुर्‍याउनुभएको योगदान प्रेरणादायी रहेको छ । नेपालको शान्ति प्रक्रियाको चुनौतीपूर्ण समयमा कार्टर सेन्टरको सक्रिय भूमिकाले सहमति र संवादको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button