सुदूरपश्चिममा भुवा पर्व शुरु बिहानै देखि चाली नाचको रौनक
बाजुरा। बाजुरा लगायत सुदूरपश्चिमका केही जिल्लामा भुवा पर्व शुरु भएको छ। दशैं तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा मनाइने भुवा पर्व आजदेखि बिधिवत रुपमा शुरु भएको हो। ऐतिहासिक किम्बदन्ती बोकेको भुवा पर्वको साँस्कृतिक महत्त्व पनि रहेको छ।

महाभारतको युद्धमा पाण्डव र कौरव बिचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्को पर्व पनि भन्ने गरेका छन्। पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ। भुवा पर्व पुषेऔंसीका दिनबाट सुरु भई तीन देखि पाँचदिन सम्म मनाइने गरिन्छ।

आफन्तसँगको भेटघाट, आपसी सद्भाव,रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ। सुदूरपश्चिमका अछाम, बझाङ लगायत बाजुरा जिल्लाको बुढिगंगा बडिमालिका,बुढिनन्दा,त्रिवेणि नगरपालिका,र खप्तड छेडेदह तथा गौमुल गाउँपालिकाका गाउँहरूमा स्थानीयले यो पर्व विशेष रुपमा मनाउने गर्दछन्।

भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने,लाखे नाच नाच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ।








प्रतिक्रिया राख्नुहोस्