तपाईँ सुन्दै हुनुहुन्छः

बोयलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु, तीन जना बिरामी

अछाम । अछाममा बोयलर कुखुराको मासु खादा एक जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका–३ बयालाका १५ वर्षीय कमल विकको मृत्यु भएको हो ।

तुला सिंह बिकले घरमा ल्याएको बोयलर कुखुराको मासु खादाँ छोरा कमल विकको मृत्यु भएको र मासु खाने ७० वर्षीय नाम विक, १३ वर्षीया सीता बिक र ९ वर्षीय विकास विक बिरामी परेका अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button