तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा ‘फुड फेस्टिभल’ शुरु

सुर्खेत । स्थानीय रैथाने परिकारको प्रवद्र्धनका लागि अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सुर्खेतमा ‘फुड फेस्टिभल’ शुरु भएको छ ।

वीरेन्द्रनगरस्थित शुभ होटल प्रालिले पुस १६ गतेसम्म सञ्चालन हुने फुड फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाएको छ ।

कर्णालीका रैथाने बाली तथा स्थानीय उत्पादनहरूको बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको फेस्टिभलमा ४८ वटा स्टलमा कर्णालीका कृषकले उत्पादन गरेका विभिन्न वस्तुहरू प्रदर्शनीमा राखिएका छन् ।

फुड फेस्टिभलमा राष्ट्रिय कलाकारसँगै स्थानीय हुड्के लगायत परम्परागत सांस्कृतिक प्रस्तुति समेत रहेको होटलका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार यो अवधिभर शुभ होटेलले प्रदान गर्ने सेवाहरूको बजारीकरण गर्ने, रैथाने बालीहरूबाट बन्ने परिकारहरू निःशुल्क रुपमा चखाउने, केही परिकारहरू केही प्रतिशत छुटमा बिक्री पनि गर्ने, अन्य केही व्यापारिक स्टलहरू पनि राखेर स्थानीय उत्पादित वस्तु तथा फुड परिकार प्रदर्शनी गर्नु मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button