तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा ऐन चाँडै आउँछ : मन्त्री भट्टराई

विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने बताउनुभएको छ ।

संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विराटनगरमा आज आयोजना गरेको शिक्षा व्यवस्थापन कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिले भएको शिक्षा ऐन र शिक्षा नीतिबाट पनि धेरै काम गर्न सकिन बताउनुभयो ।

मन्त्री भट्टराईले संघीय शिक्षा ऐन छलफल प्रक्रियामा अघि बढिसकेकोले चाँडै ऐन आउनेमा आशावादी हुन आग्रह गर्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सङ्घले कानुन छिटो छरितो ढंगले नबनाउँदा शिक्षा क्षेत्र अघि बढ्न नसकेको उल्लेख गर्नुहुँदै संघीय शिक्षा ऐन चाँडै आउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई र शिक्षा सचिव दिपक काफ्ले, प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा लगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button