तपाईँ सुन्दै हुनुहुन्छः

फाल्गुनन्द गोल्डकप : आयोजकलाई हराउँदै चर्च व्वाइज फाइनलमा

पाँचथर । पाँचथरको फिदिममा सञ्चालन भइरहेको ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई हराउँदै चर्च व्वाइज फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार फिदिम मावि खेल मैदानमा भएको पहिलो सेमी फाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई काठमाडौँको चर्च व्वाइज युनाइटेड क्लबले ३–१ गोल अन्तरले पराजित गर्दे फाइनलको यात्रा तय गरेको हो । 

आयोजकका दिनेश शेर्माले खेलको ४३औँ मिनेटमा १ गोल गरी अग्रता लिए पनि अग्रता कायम गर्न सकेन ।  चर्च व्वाइजका तर्फबाट समिर तामाङ, फोफोना अबायोमी र अर्माण्ड बेडमले समान १÷१ गोल गरे । 

खेलको म्यान अफ द म्याच चर्च व्वाइजका फोफोना अबायोमी घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

 शनिबार हुने अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडाँै र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

फिदिम स्पोर्टिङ क्लबको आयोजनामा आगामी पुस १५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै सर्वाधिक हो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछन् । 

यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १०÷ १० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button